birat ribon

दस खेलाडीमा सीमित नेपालमाथि अस्ट्रेलियाको जित

Neuro
दस खेलाडीमा सीमित नेपालमाथि अस्ट्रेलियाको जित

विराटनगर / विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले बलियो टिम अस्ट्रेलियासँग हार ब्यहोरेको छ । शुक्रबार राति कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अस्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो ।

अस्ट्रेलियाका लागि माथ्यु लेकी, फरान करासिस र मार्टिन बोइलेले एक–एक गोल गरे ।

cura insider

नेपालले अपेक्षाकृत बलिया प्रतिद्वन्दी अस्ट्रेलिया र जोर्डनविरुद्ध कुनै गोल गर्न नसक्नुले नेपाली प्रशंसकलाई निराश तुल्यायो । यद्दपि नेपालले ठूलो हार भने टार्‍यो ।

विश्व वरीयताको एक सय ७१औँ स्थानमा रहेको नेपालले ४१औँ स्थानको अस्ट्रेलियाको सामना गर्दा गोलको केही अवसर सिर्जना गरेपनि सफल भएन ।

पहिलो हाफको छैटाैँ मिनेटमा म्याथ्यु लेकीले सुरुवाती गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । ३८औँ मिनेटमा फ्रेन करनेचले गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर बनाए ।

४५औँ मिनेटमा नेपालका डिफेन्डर रोहित चन्दले रातो कार्ड पाएपछि नेपाली टिम दस खेलाडीमा सीमित हुन पुगेको थियो । अस्ट्रेलियाका मार्टिन बोयलेलाई फउल गरेपछि रोहितले रातो कार्ड पाएका हुन् ।

खेलको ५७औँ मिनेटमा बोइलेले गोल गरेपछि अस्ट्रेलियाले नेपालमाथि सहज जित निकालेको हो ।

जितसँगै अस्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ । शीर्ष स्थानको अस्ट्रेलिया समूह ‘बी’ मा अपराजित रहने एक्लो टिम हो । उसले सात खेलमा २१ अङ्क जोडेको छ । नेपालले आ खेलमा ६ अङ्क जोडेको छ । नेपालले चौथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।

नेपाल भने एसियन कपको तेस्रो चरण खेल्न प्लेअफको पर्खाइमा हुनेछ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: