birat ribon

सर्बियामाथि जापानको जित

Neuro
सर्बियामाथि जापानको जित

विराटनगर / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जापानले सर्बियामाथि १–० गोलको जित निकालेको छ । शुक्रबार जापानले आफ्नै मैदानमा सर्बियालाई हराउँदा जुन्या इतोले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औँ मिनेटमा इतोले गोल गर्दै जापानलाई जिताए । जापान र सर्बियाले विश्वकप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: