birat ribon

खोप नलगाएका मानिसमा डेल्टा भेरियन्टको जोखिम उच्च

Neuro
खोप नलगाएका मानिसमा डेल्टा भेरियन्टको जोखिम उच्च

एजेन्सी/ डेल्टा भेरियन्टबाट सङ्क्रमित भएका झन्डै दुई तिहाईले खोप लगाएका थिएनन् ।

आधिकारिक तथ्यांक अनुसार डेल्टा भेरियन्टबाट सङ्क्रमित भएका झन्डै दुई तिहाई मानिस र सङ्क्रमणका कारण मृत्यु भएका आधा भन्दा बढिले मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिएनन् ।

cura insider

पछिल्लो हप्तामा बेलायतका उक्त भेरियन्टबाट ३० हजार जना सङ्क्रमित भएका थिए ।भारतमा पहिलो पटक पहिचान गरिएको डेल्टा भेरियन्ट बेलायतमा तीव्र रुपमा फैलिएको छ ।

९० प्रतिशत मानिस डेल्टा भेरियन्टबाट सङ्क्रमित भएका हुन् । पब्लिक हेल्थ इङ्गल्यान्ड (पिएचई) को रिपोर्ट अनुसार डेल्टा भेरियन्ट सजिलै फैलिने र यसले मानिसहरूलाई गम्भीर बिरामी बनाउन सक्छ । डेल्टा भेरियन्ट अल्फा वा केन्ट भेरियन्टभन्दा करिब ६० प्रतिशत छिटो फैलिन सक्छ ।

अस्पताल भर्ना हुने मानिसको दरको विश्लेषणले अल्फाको तुलनामा डेल्टा भेरियन्टबाट सङ्क्रमित व्यक्तिहरूमा अस्पताल भर्ना हुने सम्भावना दुई गुणा बढी हुने देखाएको छ ।

पिएचईले गरेको विश्लेषणमा फेब्रुअरीदेखि डेल्टा भेरियन्टबाट सङ्क्रण पुष्टि भएका ३३ हजारमध्ये दुई सय २३ जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएकामध्ये धेरैजसोले खोप लगाएका थिएनन् वा केवल एक डोज खोप मात्र लगाएका थिए । र, २० जनाले भने खोपको दुवै डोज लगाएका थिए ।

त्यस्तै, डेल्टा भेरियन्टबाट सङ्क्रमित भई मृत्यु भएका ४२ जनामध्ये २३ जनाले खोप लगाएका थिएनन् । सात जनाले खोपको एक डोज लगाएका थिए भने अन्य १२ जनाले दुई हप्ता अगाडि दुवै डोज खोप लगाएका थिए ।

युके स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख कार्यकारी डा. जेनी ह्यारीले सबैलाई खोप लिन आग्रह गरेका छन् ।

खोपको दुई डोजले एक डोजभन्दा बढी सुरक्षा प्रदान गर्ने उनी बताउँछन् । खोपले रोगलाई हटाउने भन्दा पनि गम्भीर रोगको जोखिमलाई कम गर्ने उनको भनाइ छ । बिबिसीबाट

jackson ribon

प्रतिक्रिया दिनुहोस्: