birat ribon

बेल्जियमका डी ब्रुयन र विट्सेलले युरो कपको सुरुवाती खेल गुमाउने

Neuro
बेल्जियमका डी ब्रुयन र विट्सेलले युरो कपको सुरुवाती खेल गुमाउने

विराटनगर / बेल्जियमका स्टार खेलाडीद्वय केभिन डी ब्रुयन र एक्सेल विट्सेलले युरो कप २०२० गुमाउने भएका छन् । बेल्जियमले मिडफिल्डरद्वय डी ब्रुयन र विट्सेलले चोटका कारण युरो कपको सुरुआती चरणका खेल गुमाउने पुष्टि गरेको छ ।

विट्सेल र डी ब्रयुनले चोटकै कारण रसिया भ्रमण गरेनन् । उनीहरू चोटमुक्त हुनका लागि टिबुजमै बसेको बेल्जियमले जनाएको छ । युरोपियन फुटबल महासङ्घ (युइएफए) को आयोजनामा हुन लागेको १६औँ संस्करणको महादेशीय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ ।

cura insider

आज नेपाली समयअनुसार राति १२ः४५ मा उद्घाटन खेल हुँदै छ, जसमा समूह ‘ए’का इटाली र टर्कीले प्रतिस्पर्धा गर्ने छन् । यो खेल इटालीको रोममा हुनेछ । यस संस्करणको प्रतियोगिता ११ देशका ११ सहरमा आयोजना हुँदै छ ।

बेल्जियम युरो कपको समूह ‘बी’मा छ । उक्त समूहमा डेनमार्क, फिनल्यान्ड र रसिया रहेका छन् । बेल्जियमले शनिबार रसियासँग उसैको मैदानमा खेल्नेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: