birat ribon

प्रदेश १ मा नौ सय दुई जना कोरोनामुक्त हुँदा चार सय ६२ सङ्क्रमित थपिए

Neuro
प्रदेश १ मा नौ सय दुई जना कोरोनामुक्त हुँदा चार सय ६२ सङ्क्रमित थपिए

विराटनगर / प्रदेश १ बाट शुक्रबार नौ सय दुई जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा तीन सय ८९ महिला र पाँच सय १३ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४७ हजार दुई सय ४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज चार सय ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा एक सय ८४, झापामा एक सय नौ, सुनसरीमा ९७, धनकुटामा ११, सङ्खुवासभामा नौ, तेह्रथुम र इलाममा सात–सात, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा दुई–दुई र प्रदेश १ बाहिरका २६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

cura insider

मोरङको विराटनगरमा एक सय एक, सुन्दरहरैँचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बूढीगङ्गामा पाँच, रतुवामाई र बेलबारीमा तीन–तीन, रङ्गेली, सुनवर्षी, कटहरी र स्थानीय तह नखुलेका दुई–दुई जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६४ हजार आठ सय ५५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार पाँच सय ८१ रहेको छ । प्रदेश १ मा आज एक हजार तीन सय ७४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: