birat ribon

थप तीन हजार सात सय ५० जनामा कोरोना पुष्टि, पाँच हजार दुई सय २५ सङ्क्रमणमुक्त

Neuro
थप तीन हजार सात सय ५० जनामा कोरोना पुष्टि, पाँच हजार दुई सय २५ सङ्क्रमणमुक्त

विराटनगर / पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका तीन हजार सात सय ५० जना सङ्क्रमित थपिएका छन् । १५ हजार एक सय ८२ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नौ हजार पाँच सय ९८ पिसिआर परीक्षण गर्दा दुई हजार सात सय ५० तथा पाँच हजार पाँच सय ८४ एन्टिजेन परीक्षण गर्दा एक हजार ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

cura insider

यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख एक हजार ६ सय ८७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर पाँच हजार दुई सय २२५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या पाँच लाख २० हजार आठ सय १६ पुगेको छ ।

सोही समयमा कोरोना सङ्क्रमणबाट ६७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार तीन सय पाँच रहेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: