birat ribon

लामखुट्टेकै कारण घट्यो डेङ्गुको सङ्क्रमण

Neuro
लामखुट्टेकै कारण घट्यो डेङ्गुको सङ्क्रमण

एजेन्सी/ इन्डोनेसियाका शाेधकर्ताहरूले लामखुट्टेलाई एक विशेष ब्याक्टेरियाबाट सङ्क्रमित गरेपछि डेङ्गु सङ्क्रमण घटेको बताएका छन् ।

इन्डोनेसियाको योग्याकर्ता सहरमा गरिएको ट्रायलमा लामखुट्टेलाई वोलबचिया ब्याक्टेरियाबाट सङ्क्रमित गरेपछि ७७ प्रतिशतसम्म डेङ्गु सङ्क्रमण घटेको हो ।

इन्डोनेसियाका वैज्ञानिकहरूले ट्रायलका लागि वोलबचिया ब्याक्टेरियाबाट सङ्क्रमित ५० लाख लामखुट्टेको अण्डालाई योग्याकर्ता सहरका १२ विभिन्न ठाउँमा छोडिएको थियो ।

उक्त ब्याक्टेरियाले लामखुट्टेलाई डेङ्गु भाइरसबाट सङ्क्रमित हुन तथा भाइरसको प्रतिलिपि बनाउनबाट रोक्छ ।

cura insider

न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन अनुसार लामखुट्टे छोडिएका क्षेत्रमा अन्य स्थानको तुलनामा ७७ प्रतिशत डेङ्गु सङ्क्रमणमा कमी आएको थियो ।

डेङ्गुको सङ्क्रमण कम हुनुका साथ साथै अस्पताल भर्ना हुने मानिसको सङ्ख्या ८६ प्रतिशत कम भएको पाइएको छ ।

डेङ्गुबाट हरेक वर्ष ४० करोड सङ्क्रमित हुने गर्छन् । डेङ्गुले चर्को ज्वरो आउँछ र जोर्नीहरुमा पीडा हुने गर्छ । विश्व लामखुट्टे कार्यक्रमका अनुसार विश्वभरि फैलिएको डेङ्गुको सङ्क्रमणका लागि उक्त उपाय समाधान हुन सक्छ । -बिबिसी

jackson ribon

प्रतिक्रिया दिनुहोस्: