birat ribon

एक घन्टामात्र निद्रा नपुगे हृदयघातको जोखिम !

Neuro
एक घन्टामात्र निद्रा नपुगे हृदयघातको जोखिम !

एजेन्सी/ अनिद्राले शरीरमा गम्भीर समस्या निम्त्याउन सक्ने अध्ययनका क्रममा देखिएकाे छ ।

एक घन्टा निद्राको अभावले मात्र पनि स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ । निद्राको अभाव उच्च रक्तचाप, हृदयघात र स्ट्रोक जस्ता रोगहरूसँग सम्बन्धित छ ।

तोकिएको समयभन्दा एक घन्टा कम सुत्ने मानिसमा अर्को दिन हृदयघातको खतरा २४ प्रतिशतले बढ्ने हुन्छ । ओपन हार्ट जर्नलका अनुसार उक्त अध्ययनका लागि हर्ट अट्याक भएका ४२ हजारभन्दा बढीको अध्ययन गरिएकाे थियो ।

जामा जर्नलमा प्रकाशित अध्ययनले चार रात चार घन्टा निदाएका स्वस्थ व्यक्तिमा टेस्टोस्टेरोन हार्मोनको स्तर उनिहरूको उमेरभन्दा १० वर्ष माथिका मानिसको भएको पत्ता लगाएको थियो ।

cura insider

हर्मोनको आधारमा उनीहरूको उमेर १० वर्ष बढी हुन्छ अर्थात् निद्राको अभावका कारण समयअगावै बुढेसकाल लाग्छ ।

त्यस्तै, स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसन्धान अनुसार खोप लिनुअघि एक हप्ता पर्याप्त निद्रा नपाएका मानिसको शरीरमा ५० प्रतिशत मात्र एन्टिबडीको विकास हुन्छ ।

नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अनुसन्धानअनुसार प्रतिदिन सात घन्टाभन्दा कम निदाउने मानिसमा रुघाखोकी वा फ्लू हुने सम्भावना तीन गुणा बढी हुन्छ ।

सेन्टर फर ह्युमन स्लिप साइन्सका अनुसार ६ घन्टाभन्दा कम सुत्ने मानिसमा वा स्लिप एपनिया भएका मानिसलाई अल्जाइमर रोगको बढी जोखिम हुन्छ ।

निद्राको अभावबाट पीडित व्यक्तिहरू प्रायः एन्जाइटी तथा डिप्रेसनको गुनासो गर्छन् ।

एल्सेभियर जर्नलमा प्रकाशित रिपोर्टअनुसार अनिद्राको समस्याबाट पीडित मानिसमा आत्महत्या गर्ने विचार धेरै आउँछ । त्यस्ता व्यक्तिहरूमा आत्महत्याको दर पनि उच्च रहेको पाइएको छ । -भास्कर डट कम

jackson ribon

प्रतिक्रिया दिनुहोस्: