birat ribon

चिनियाँ खोपमाथि थुप्रै देशमा बढ्यो शङ्का

Neuro
चिनियाँ खोपमाथि थुप्रै देशमा बढ्यो शङ्का

एजेन्सी/ चीनमा निर्मित कोरोनाविरुद्धको खोपमाथि थुप्रै देशमा प्रश्न उठेको छ ।

साउदी अरब, फिलिपिन्स, बहराइन, युएईलगायत देशमा चिनियाँ खोपको मान्यता र प्रभावकारितामाथि आशङ्का जनाइएको हो ।

चीनमा विकास भएको सिनोफार्म र सिनोभ्याक खोपलाई डब्ल्यूएचओले मान्यता दिइसकेको छ र यसलाई विभिन्न देशमा लगाउन थालिएको छ । तर, खोपमाथि धेरै देशले शङ्का गर्दै आएका छन् ।

cura insider

चिनियाँ खोप लगाएका व्यक्तिलाई काम वा जागिरका लागि समेत साउदी अरबले प्रवेश दिएको छैन । साउदीमा चिनियाँ खोपलाई स्वीकृति दिइएको छैन । त्यहाँ फाइजर, एस्ट्राजेनेका, मोडर्ना र जोनसन एन्ड जोनसनलाई स्वीकृति दिइएको छ ।

त्यस्तै, पाकिस्तानमा चिनियाँ खोप वितरण हुन थाले पनि खोपलाई मान्यता दिइएको छैन ।

खोपलाई मान्यता दिनुबाहेक केही देशहरूमा खोपको प्रभावकारितामाथि पनि प्रश्न उठाइएको छ । खोपको विषयमा पर्याप्त अध्ययन नभएको हुँदा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्टेले चीनले अनुदानमा दिएको खोप फिर्ता लान आग्रह गरेका थिए ।

खोप लगाएपछि पनि सङ्क्रमित हुनेहरू बढ्न थालेपछि बहराइन, यूएईमा चिनियाँ खोपको दुबै डोज लगाएका मानिसलाई फाइजर खोपको बुस्टर सट दिइने भएको छ ।

त्यस्तै, १० लाख जनसङ्ख्या भएको सेसेल्समा चीनको खोप सिनोफार्म लगाएपछि पनि कोरोना सङ्क्रमण द्रूत गतिमा बढेको छ । -बिबिसी

jackson ribon

प्रतिक्रिया दिनुहोस्: