birat ribon

सडककाे दुरावस्थाले टिमुरेबासीलाई सास्ती

Neuro
सडककाे दुरावस्थाले टिमुरेबासीलाई सास्ती

रसुवा/ सडकको अवस्था राम्राे नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् ।

cura insider

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ ।

हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ । सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने पाइएको सामान महँगो हुने, बासी, सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीय जनताले दुःख पाएका छन् ।

टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताइन् ।

यस्तै अर्का स्थानीय व्यावसायी बलबहादुर घर्ती मगरले खराब बाटोको मारसँगै कोरोना सङ्क्रमणको जोखिमका कारण लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताए ।

धुन्चे टिमुरे सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परे पनि समयमै काम हुन सकिरहेको छैन ।

मुख्य सहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको छ । टिमुरेकै स्थानीय छुनी डोल्मा लामाले विरामी भएर अस्पताल जान समेत बाटोको कारण समस्यामा परेको बताइन् ।

यस्तै रसुवाका पूर्व सांसद (प्रतिनिधि सभा) मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भए पनि मूर्तरुप पाउन नसकेको बताए ।

उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिए पनि आवश्यक भौतिक पूर्वाधारको कमीले प्रयोगमा आउन नसकेको पूर्व सांसद आचार्यले बताए ।

सरकारले यस सडकखण्डलाई एक निर्वाचन एक रणनीतिक सडक कार्यक्रम अन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने विश्वास ब्यक्त गरे ।

यो सडकलाई पवित्र धार्मिक स्थल गोसाइँकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने पूर्वसांसद मोहन आचार्यले बताए ।

यो सडक पासाङल्हामु राजमार्गको नामले पनि चिनिन्छ । यस सडकको ठिक तल मैलुङ स्याफ्रुबेसी सडक पर्छ । मैलुङ स्याफ्रुबेसी सडक टिमुरेसम्म पुग्ने भएकाले पासाङल्हामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: