birat ribon

कलाकार तथा निर्देशक प्रेम सुब्बालाई काेराेना सङ्क्रमण

Neuro
कलाकार तथा निर्देशक प्रेम सुब्बालाई काेराेना सङ्क्रमण

धरान/ कलाकार तथा निर्देशक प्रेम सुब्बामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको चलचित्रकर्मी महासङ्घ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

cura insider

हप्ता दिनअगाडि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएकाे थियो । निकै कमजोर र अवस्थ महसुस गरेपछि निर्देशक सुब्बाले पिसिआर टेस्ट गरेका थिए ।

काेराेना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि हाल उनी आफ्नै घरमा आइसोलेट भएर बसेका छ्न् । शुक्रबार बिहान उनको अक्सिजन मात्रा ( लेबल ) ९५ रहेको अध्यक्ष प्रधानले बताए ।

‘दाइलाई निरन्तर भेटेर स्वास्थ्य अवस्था बुझिरहेको थिएँ,’ अध्यक्ष प्रधानले भने, ‘आज अलि गाह्राे भयो भनेपछि तुरुन्तै होप धरानका निश्चल भाइसँग दाइको घर गएर अक्सिजन जडान गरेर आयौँ ।’

कलाकार तथा निर्देशक प्रेम सुब्बाले बलिदान, नुमाफुङ जस्ता दर्जनौँ फिल्म, टेलिफिल्ममा अभिनय गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: