birat ribon

गण्डकी प्रदेश प्रमुखद्वारा भाेलि ३ बजेसम्म मुख्यमन्त्रीकाे दाबी पेस गर्न आह्वान

Neuro
गण्डकी प्रदेश प्रमुखद्वारा भाेलि ३ बजेसम्म मुख्यमन्त्रीकाे दाबी पेस गर्न आह्वान

पाेखरा/ गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी छिन् ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत पाउन नसकेको पत्र प्रदेशसभा सचिवालयबाट प्राप्त भएको भन्दै उनले भोलि शनिबार दिउँसो ३ बजेभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

cura insider

विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी गर्ने तयारी गरेकाे छ । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: