birat ribon

युरो कपको उपाधि रक्षा गर्नेमा आशावादी रोनाल्डो

Neuro
युरो कपको उपाधि रक्षा गर्नेमा आशावादी रोनाल्डो

विराटनगर / पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरो कप २०२० को उपाधि आफू आशावादी रहेको बताएका छन् । युरो कपको तयारीका लागि हाल स्वदेशमा रहेका रोनाल्डोले लगातार दोस्रो सिजन युरोपियन च्याम्पियन बन्नेमा आफू आशावादी रहेको सुनाए ।

रोनाल्डो युरो कपमा सबैभन्दा धेरै अनुभव बोकेका खेलाडी हुन् । चार संस्करणको युरो कपका सहभागिता जनाएका उनले २१ खेल खेल्दा नौ गोल गरेका छन् र एक पटक उपाधि पनि जितेका छन् । पोर्चुगलले सन् २०१६ मा उपाधि जितेको थियो ।

cura insider

अब, सन् २०२० को उपाधि पनि जित्नेमा रोनाल्डो आशावादी देखिएका हुन् । ‘सन् २००४ मा जति प्रेरित थिए, त्योभन्दा धेरै अहिले प्रेरित छु । पोर्चुगलका समर्थकले मबाट सधैँ यस्तै प्रकारका अपेक्षा राख्न सक्छन्, प्रेरणा र लक्ष्य भएको एउटा टोलीबाट,’ उनले भने ।

‘कप्तानी राम्रो छ । म व्यक्तिगत रूपमा पनि राम्रो गरिरहेको छु, सहकर्मी र कोचिङ स्टाफबाट पनि राम्रो काम भइरहेको छ । हामीले राम्रो कामलाई नै ध्यानमा राखेका छौँ । आशावादाी छु कि सम्भव भएसम्म उपाधि रक्षा गर्न सक्छौँ । तयारी पूरा भएको छ’, उनले थपे । यस्तै रोनाल्डोले हङ्गेरीलाई हराउँदै युरो कपको सुरुआत राम्रो गर्ने आफ्नो चाहना रहेको सुनाए ।

पोर्चुगलले १४ जुनमा हङ्गेरीसँग खेल्दै युरो कपको थालनी गर्नेछ । युरोपियन फुटबल महासङ्घ (युइएफए) को आयोजनामा हुन लागेको १६औँ संस्करणको महादेशीय फुटबल प्रतियोगिता आजबाट सुरु हुन लागेको छ ।

आज नेपाली समयअनुसार राति १२ः४५ मा उद्घाटन खेल हुँदै छ, जसमा समूह ‘ए’का इटाली र टर्कीले प्रतिस्पर्धा गर्ने छन् । यो खेल इटालीको रोममा हुनेछ । यस संस्करणको प्रतियोगिता ११ देशका ११ सहरमा आयोजना हुँदै छ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा आयोजना गर्न लागिएको हो । सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो । तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारिएको हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: