birat ribon

कोरोना महामारीमा प्रहरी जवानको चेतनामूलक गीत

Neuro
कोरोना महामारीमा प्रहरी जवानको चेतनामूलक गीत

विराटनगर/ ‘कोरोना फेरि आयो है, सामाजिक दूरी कायम राखौँ है’ बोलको गीत चर्चामा छ । यो गीत जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान ओमकार राउतले गाएका हुन् ।

उनले गाएको गीत सङ्क्रमण नियन्त्रणमा सहयोगी बनेको छ । कोरोनाका सवालमा सूचनामूलक सामग्री पस्कँदा होस् वा प्रहरी लगायत सरोकारवालाले गर्ने जनचेतनामूलक कार्यक्रममा यही गीतले प्राथमिकता पाउने गरेको छ ।

cura insider

सुनसरी प्रहरीको फेसबुक पेजमा समेत अपलोड रहेको गीतले धेरैको मन जित्न सफल भएको छ ।

गीतमार्फत कोरोना के हो र यसले मानव जीवनमा कस्तो सङ्कट निम्त्याइरहेको छ भन्ने कुरालाई उजागर गर्न खोजिएको छ । साथै भाइरस महामारीबाट बच्नका लागि सावधानी अपनाउनुपर्नेमा जोड दिँदै गीतले कोरोनाविरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ ।

प्रहरी जवान राउतले गाएको गीतले जनचेतना अभियानलाई  सहयोग पुगेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताए ।

स्वः प्रेमध्वज प्रधानले गाएको कालजयी गीत ‘टाढा भइगयौ फेरि’ को लयमा प्रहरी जवान राउतले चेतनामूलक गीत गाएका थिए ।

प्रधानको निधन भएकै दिन आफूले शब्दहरू सँगालेर गीत तयार गरेको राउतले बताए । गीतका रचनाकारसमेत रहेका उनले झन्डै एक महिनाअघि साउन्ड ट्रयाकमा गाएको गीतलाई आफ्नो फेसबुकमा पनि राखेका छन् ।

‘स्टेजमा गीत गाउने क्रममा साथीहरुले खिचिदिनुभएछ । फेसबुकमा राख्दा राम्रो प्रतिक्रिया पाएँ,’ राउतले भने, ‘वास्तमा कोरोना कहरमा गाएको गीत सबैले मन पराइदिनुभएको छ ।’

उनी स्टेज कार्यक्रममा पनि गीत गाउँछन् । सानैदेखि गायनमा रुचि भएका राउतले बेलाबेलामा हुने साङ्गीतिक कार्यक्रममा गीत गाउने गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: