birat ribon

प्रदेशसभामा हाङ्गामले भने : पर्खाल लगाउन नसकिएला, सीमामा तारबार गरौं

Neuro
प्रदेशसभामा हाङ्गामले भने : पर्खाल लगाउन नसकिएला, सीमामा तारबार गरौं

विराटनगर/ ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले सीमामा तारबार लगाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । 

प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सीमामा तारबार गर्न आग्रह गरका हुन् । पर्खाल लगाउन नसकेपछि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने उनको भनाइ छ ।

cura insider

‘हामी सधै सिमानामा देश मिच्यो भन्यौँ । लिम्पियाधुरा भन्छौँ । कहिले के भन्छौं,’  उनले भने, ‘पोहोर कुरा पनि चलायौं, हाम्रो प्रदेश पनि सिमानामै पर्छ, अरू ठूलो पर्खाल लगाउन नसके पनि एउटा ताराबार चाहिँ सिमानामा राख्नुपर्छ ।’

नीति कार्यक्रममा सीमा तारबारको योजना नसमेटिएको बताउँदै उनले अघि भने, ‘यो किताबमा देखिएको छैन । पछि फेरि यता मिच्यो उत्ता मिच्यो, इन्डियन आएर लगिदियो भन्ने हुन्छ । सीमामा तार लगाऊँ ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: