birat ribon

‘राष्ट्रपति आमा सम्मान’ भयो, ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम पनि ल्याऊ : सचेतक कार्की

Neuro
‘राष्ट्रपति आमा सम्मान’ भयो, ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम पनि ल्याऊ : सचेतक कार्की

विराटनगर/ नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा प्रधानमन्त्री बा सम्मान कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले प्रधानमन्त्री बा सम्मान कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

cura insider

‘२०७६ को २०७७ का कुरा पूरा भएका छैनन, २०७८ मा पनि तिनै कुरा,दोहोरिएको त्यही नारा ल्याइएको छ,’ कार्कीले भने, ‘राष्ट्रपति आमा सम्मान कार्यक्रम आयो, प्रधानमन्त्री बा सम्मान गर्देको भए पनि हुन्थ्यो नि ।’

नीतिमा कार्यक्रम राम्रा भए पनि आश्वासनको पुलिन्दा मात्रै बाँडिएको उनले बताए । जनताको प्रतिनिधि संस्थालाई बदनाम गर्न कार्यान्यन नहुने कार्यक्रम ल्याइएको उनले बताए ।

‘सरकारले जानेर व्यवस्थालाई गाली गर्ने खालको नीति कार्यक्रम ल्याउँदै छ,’ उनले भने, ‘नीति कार्यक्रमले वितृष्णा पैदा गर्‍याे ।’

नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उमिता विश्वकर्माले कार्यक्रम विगतमा जस्तै आश्वासन बाँड्ने पत्रमात्रै भएको बताइन् । हुन नसक्ने कार्यक्रम ल्याएर प्रदेश सरकारले जनतालाई ढाँट्ने काम गरेको उनले बताइन् ।

काङ्ग्रेस सांसद प्रकाशप्रताप हाङगामले बजेटले ताप्लेजुङलाई सम्बोधन गर्न नसकेको बताए ।

नेकपा एमालेका प्रदेशसभा सदस्य विमल कार्कीले प्रदेश सरकारले पूरा गर्न सक्ने खालका सपना देखेको बताए ।

नीति तथा कार्यक्रमलाई प्रदेश सरकारले कार्यान्वयनतर्फ लैजानुपर्ने उनले बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: