birat ribon

माटो बेचेर सत्ता टिक्दैन, प्रदेशको धारण सार्वजनिक होस् : खड्का

Neuro
माटो बेचेर सत्ता टिक्दैन, प्रदेशको धारण सार्वजनिक होस् : खड्का

विराटनगर/ प्रदेश १ प्रदशसभा सदस्य मोहनकुमार खड्काले सङ्घीय सरकारको ढुङ्गा गिटी निकासीको निर्णयबारे प्रदेश १ सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

प्रदेश– १ प्रदेशसभाको शून्य समयमा बोल्दै उनले ढुङ्गा माटो बेच्ने सङ्घीय सरकारको नीतिबारे प्रदेश सरकारको धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।

cura insider

‘राणहरूले आफ्नो सत्ता टिकाउन चार कोसे झाडी बेचे, पञ्चायतले तराईको बन फाँडेर लकडी बेचेर शासन टिकाउने कसरत गरे । तर न राणा शाससन टिक्यो न पञ्चायत,’ उनले भने,‘ अहिले नेपालको माटो बेच्ने नीति ल्याएछ, यस्तो सरकार र सत्ता टिक्दैन । पञ्चायत र राणासशासकका करण चारकोसे झाडी कतै कतै सीमित भए, यो सरकारको प्रक्रियाले पानीको मुहान र माटो सकिन्छ, यसको रक्षाका निमित्त प्रदेश सरकारले आफ्नो धारणा क्लियर गर्न जरुरी छ ।’

उनले केन्द्रको नीतिलाई समर्थन गर्ने वा विरोध गर्ने भन्ने धारण माग गरे ।

‘कि म माटो बेचेर सत्ता टिकाउन सङ्घीय सरकारलाई सघाउँछु भनेर घोषणा गर्नपर्‍याे, कि माटो बचाउ अभियाच चलाउन पर्‍याे,’ उनले भने, ‘यदि सरकारले नगर्ने भए विपक्षी पार्टी र नागरिकले माटो जोगाउने अभियान सञ्चालन गर्नुपर्छ ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: