birat ribon

असहायहरूलाई महानायकको सहयोग

Neuro
असहायहरूलाई महानायकको सहयोग

विराटनगर / महानायक राजेश हमालले महामारीका कारण समस्यामा परेका असहायहरूलाई राहत सहयोग गरेका छन् । बिहीबार आफ्नो ५७औँ जन्मदिन मनाएका हमालले पशुपतिनाथ र स्वम्भुनाथ क्षेत्रमा आश्रय लिएर बसेका असहायहरूलाई खाद्यान्न वितरण गरेका हुन् ।

महानायकले धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरहरूको हौसला बढाउनका निम्ति २०औँ तल्लामा बनाइएको धरहराको बार्दलीमा बसेर श्रीमती मधु भट्टराईका साथमा जन्मदिनको केक काटेका थिए ।

cura insider

महानायक हमालले बुधबार बिहानै मन्दिर पुगेर पूजा गरेका थिए भने बेलुकी उनले परिवारसँग जन्मदिनको सेलिब्रेशन गरेका थिए ।

२०२१ सालमा पाल्पाको तानसेनमा पिता चुडाबहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका राजेश हमालले २०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: