birat ribon

क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु, दुई घाइते

Neuro
क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु, दुई घाइते

सोलुखुम्बु / सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोलुदूधकुन्ड नगरपालिका–८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभिए प्रसारण लाइन छुँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

cura insider

शुक्रबार बिहान साढे ८ बजे भएको उक्त दुर्घटनामा लोबेड गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियारको मृत्यु भएको हो ।

ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: