birat ribon

वार्नर र स्टोइनिसले ‘द हन्ड्रेड’ नखेल्ने

Neuro
वार्नर र स्टोइनिसले ‘द हन्ड्रेड’ नखेल्ने

विराटनगर / अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नर र अलराउन्डर मार्कस स्टोइनिस ‘द हन्ड्रेड’ नखेल्ने भएका हुन् । इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी दुवै जनाले प्रतियोगिताबाट नाम फिर्ता लिएको पुष्टि गरेको छ ।

वार्नर र स्टोइनिसले द हन्ड्रेडमा साउदर्न ब्रेभको प्रतिनिधित्व गर्ने सहमति गरेका थिए । यात्रा प्रतिबन्ध र अन्तर्राष्ट्रिय स्पर्धा खेल्ने प्रतिबद्धताले द हन्ड्रेड खेल्ने सहमति जनाएका अन्य खेलाडीले समेत नाम फिर्ता लिने बताइएको छ ।

cura insider

अब साउदर्न ब्रेभले छिट्टै दुवै जनालाई विस्थापित गर्ने खेलाडीको नाम सार्वजनिक गर्ने इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ ।

‘द हन्ड्रेड’को उद्घाटन संस्करणमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले समेत खेल्ने मौका पाएका छन् । सन्दीपले द हन्ड्रेडमा ओभल इन्भिसिबलको प्रतिनिधित्व गर्ने छन् ।

सन्दीपले भिसा पाउन ढिलाइ भएपछि इङ्ग्ल्यान्डको काउन्टी क्रिकेट भाइटलिटी ब्लास्ट खेल्ने अवसर गुमाएका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: