birat ribon

क्रेसिकोभा फ्रेन्च ओपनको फाइनलमा

Neuro
क्रेसिकोभा फ्रेन्च ओपनको फाइनलमा

विराटनगर / चेक रिपब्लिककी बारबोरा क्रेसिकोभा फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । क्रेसिकोभाले पहिलो पटक ग्रान्ड स्लामको फाइलनसम्मको यात्रा तय गरेकी हुन् ।

तीन घण्टासम्म चलेको सेमिफाइनल खेलमा २५ वर्षीया क्रेसिकोभाले ७–५ ४–६ ९–७ को सेटमा मारिया सक्कारीलाई हराइन् । क्रेसिकोभाले फाइनलमा ३१औँ वरीयताकी एनास्टासिया पेभ्लुचेन्कोभाको सामना गरिन् ।

cura insider

पेभ्लुचेन्कोभा पनि पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा पुगेकी हुन् । उनले पहिलो सेमिफाइनल खेलमा स्लोभानिकी तमारा जिन्सेकलाई ७–५ ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन् ।
२९ वर्षीया पेभ्लुचेन्कोभा टेनिसको प्रतिभावान खेलाडी भएपनि हालसम्म ग्राण्ड स्लामको सेमीफाइनलसम्म पुग्न सकेकी थिइनन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: