birat ribon

पाँचथरमा फलामको पाइपले लागेर हाइड्रोपावरका मजदुरको मृत्यु

Neuro
पाँचथरमा फलामको पाइपले लागेर हाइड्रोपावरका मजदुरको मृत्यु

विराटनगर / पाँथचरमा फलामको पाइपले लागेर हाइड्रोपावरका कर्मचारीको मृत्यु भएको छ ।

हिलिहाङ गाउँपालिका–१ स्थित अरुण भ्याली हाइड्रोपावर कम्पनीमा कार्यरत गुल्मी सत्यवती गाउँपालिका–२ का २९ वर्षीय मोहन राहादी मगरको फलामको पाइपले लागेर मृत्यु भएको हो ।

cura insider

मगरलाई बिहीबार साँझ ५ बजेतिर साढे तीन मिटर गोलाइ भएको र चार मेट्रिक टन वजन भएको पाइपले लागेको थियो । पाइप उठाउने क्रममा क्रेनको साङ्ली चुँडिएर घाँटीमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले क्रेनका अपरेटर बारा सखुवाघाट गाउँपालिका–७ का २८ वर्षीय अनिल लोप्चनलाई पक्राउ गरेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: