birat ribon

इथियोपियामा अनिकाल

Neuro
इथियोपियामा अनिकाल

विराटनगर / इथियोपियामा खाद्य सङ्कट निम्तिएको छ । उत्तरी इथियोपियामा खाद्य सङ्कटका कारण अनिकाल लागेको हो ।

सङ्युक्त राष्ट्रसङ्घले पनि यसको पुष्टि गरेको छ । राष्ट्रसङ्घको सहयोगमा त्यहाँको अवस्थाबारे विश्लेषण गर्दै तथ्याङ्क सार्वजनिक गरिएको छ ।

cura insider

सङ्युक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्क लोककले खाद्य सङ्कटका कारण अनिकाल निम्तिएको जानकारी दिएका छन् । उनले अहिले खाद्य सङ्कटको सामना गरिरहेको इथियोपियाको उत्तरी क्षेत्रको अवस्था निक्कै खराब रहेको बताए ।

युद्धको चपेटामा परेको टिग्रेई क्षेत्रका तीन लाख ५० हजार जनता ठूलो सङ्कटमा रहेको उनको भनाइ छ । इथियोपियाकै अम्हारा र अफरमा पनि अवस्था असामान्य रहेको बताइएको छ । भोकमरी र अनिकालका कारण मानिसहरु ज्यान गुमाउन बाध्य बनिरहेको बताइएको छ ।

सरकारी सेना र विद्रोहीबीचको लँडाइको मारमा लामो समयदेखि टिग्रेई परिरहेको छ । अहिलेसम्म यहाँबाट १७ लाख मानिस विस्थापित भएर अन्यत्र सरेका छन् ।

खाद्य सङ्कटसँगैको अनिकाल र भोकमरीका कारण मृत्यु हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भोकमरीले ग्रस्त बनेको इथियोपियाको सङ्कट समाधानका उचित निर्णय लिन युनिसेफले अन्तर्राष्‍ट्रिय समुदायसँग आग्रह गरेको छ ।

इथियोपियाको सरकारले भने भोकमरी नभएको र सबै नागरिकलाई खाद्यान्न उपलब्ध गराइरहेको दाबी गरेको छ । देशमा मानवीय सहयोगको कार्यलाई विस्तार गरिएको दाबी सरकारको छ । तर सर्वसाधारण जनताले भने भोकभोकै मरिरहेकाहरुको चित्कार पनि सरकारले नसुनेको बताएका छन् ।

टिग्रेईको पश्चिमतर्फ रहेको क्वाफ्ता हुमेराका जनताले भोकै बस्नुपर्ने अवस्था आइसकेको बताएका छन् । ‘हामीसँग खानका लागि केही छैन,’ एक व्यक्तिले फोनमा भने । आफ्नो अन्नबाली र जनावरहरू सात महिने युद्धका क्रममा लुटिएको उनले गुनासो गरे ।

भोकमरी क्षेत्रका केही सर्वसाधारण अहिले बाँकी रहेको र मिलिसियाले नदेख्ने गरी लुकाएर राखेको थोरै खाद्यान्नको भरमा बाँचिरहेका छन् । अनिकाल र भोकमरीका कारण सबै जना मृत्युको सङ्घारमा पुगिसक्दा पनि अहिलेसम्म कुनै सहयोग नआएको गुनासो सर्वसाधारणको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: