birat ribon

गुण्डा नाइके गणेश लामालाई छाड्न काङ्ग्रेसको दबाब

Neuro
गुण्डा नाइके गणेश लामालाई छाड्न काङ्ग्रेसको दबाब

विराटनगर / पोखराबाट पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई छाड्न काङ्ग्रेसले दबाब दिन थालेको छ ।

उनी बिहीबार पोखराबाट पक्राउ परेका हुन् । प्रदेश सरकारको मिलेमतोमा प्रतिसोध साँध्ने हिसाबले उनलाई पक्राउ गरिएको भन्दै तत्काल छाड्न काङ्ग्रेसले दबाब दिइरहेको छ ।

cura insider

काभ्रे काङ्ग्रेसले विज्ञप्ति नै जारी गरेर उनलाई तत्काल छाड्न माग गरेको छ । काभ्रे काङ्ग्रेसका सभापति मोहन आचार्यले बिहीबार नै विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब र ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

आम निर्वाचनमा वाग्मती प्रदेशसभाका लागि काभ्रे क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवारसमेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउनमा भूमिका खेलेको बताउने गरिएको छ । त्यही प्रतिशोध साँध्न प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको आरोप काङ्ग्रेसले लगाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: