birat ribon

प्रधानमन्त्रीको अनुपस्थितिमै सर्वदलीय बैठक आज

Neuro
प्रधानमन्त्रीको अनुपस्थितिमै सर्वदलीय बैठक आज

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीकै अनुपस्थितिमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न भनेर शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । छलफलका लागि भनेर बोलाइएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली भने अनुपस्थिति रहने उनको सचिवालयले जनाएको छ ।

cura insider

सापकोटाले बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाएका थिए । तर ओलीको सचिवालयले भने बैठकका विषयमा कुनै जानकारी नभएको दाबी गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकको पत्र नै प्राप्त नभएको बताए । पत्र प्राप्त नभएका कारण प्रधानमन्त्री बैठकमा सहभागी नहुने उनको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा (संसद्) विघटन गरेपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए । प्रतिनिधिसभा विघटनका विरुद्धमा असाधारण कदम चाल्ने सापकोटाले बताउँदै आएका छन् । उनले छलफल र परामर्शलाई तीव्र बनाएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: