birat ribon

कोपा अमेरिका खेल्ने अर्जेन्टिनाको टोली घोषणा

Neuro
कोपा अमेरिका खेल्ने अर्जेन्टिनाको टोली घोषणा

विराटनगर / अर्जेन्टिनाले ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका खेल्ने टोली घोषणा गरेको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टोलीमा सर्जियो अगुएरो, लाउटारो मार्टिनेज, एन्जल कोरेर्रा, एन्जल डी मारियालगायत खेलाडी समावेश छन् । कोपा अमेरिका १३ जुनबाट सुरु हुँदै छ । अर्जेन्टिनाले चिलीसँग खेल्दै प्रतियोगिताको थालनी गर्ने छ । यो खेल १४ जुनमा हुनेछ ।

cura insider

यसपटकको कोपा अमेरिका पुनः ब्राजिलमै हुने तय छ । यसअघि अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । कोलम्बियाले राजनैतिक अस्थिरताका कारण देखाउँदै प्रतियोगिता गराउन नसक्ने जनाएको थियो भने कोरोना भाइरस महामारीको कारण देखाउँदै अर्जेन्टिनामा पछि हटेको थियो ।

रियो द जेनेरियो, ब्राजिलिया, माटो ग्रोस्सो र गोयास गरी चार रङ्गशालामा कोपा अमेरिका आयोजना हुने बताइएको छ । अघिल्लो संस्करको कोपा अमेरिका ब्राजिलमै भएको थियो । जसको उपाधि ब्राजिलले नै उचालेको थियो ।

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । प्रतियोगिता जुलाई १० सम्म हुनेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: