birat ribon

युरो कप २०२० आजबाट, उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

Neuro
युरो कप २०२० आजबाट, उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

विराटनगर / युरो कप २०२० फुटबल प्रतियोगिता शुक्रबार (आज) बाट सुरु हुँदै छ । युरोपियन फुटबल महासङ्घ (युइएफए) को आयोजनामा हुन लागेको १६औँ संस्करणको महादेशीय फुटबल प्रतियोगिता आजबाट सुरु हुन लागेको हो ।

आज नेपाली समयअनुसार राति १२ः४५ मा उद्घाटन खेल हुँदै छ, जसमा समूह ‘ए’का इटाली र टर्कीले प्रतिस्पर्धा गर्ने छन् । यो खेल इटालीको रोममा हुनेछ । यस संस्करणको प्रतियोगिता ११ देशका ११ सहरमा आयोजना हुँदै छ ।

cura insider

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा आयोजना गर्न लागिएको हो । सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो । तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारिएको हो ।

युरो कप लन्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने छ । सन् १९६० मा फ्रान्सको आयोजनामा भएको पहिलो संस्करणको युरो कपमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो ।

पोर्चुगल युरो कपको साविक विजेता हो । सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । युरो कपमा पहिलो पटक भिएआर प्रयोग हुँदै छ । युरोपियन राष्ट्रले खेल्ने युरो कपमा हालसम्म १५औँ संस्करण पूरा भइसकेको छ ।

यस पटकको युरो कपमा केही नियम परिवर्तन गरिएको छ । एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ ।

नियमित समयमा तीन पटकमात्र खेलाडी परिवर्तन गर्न पाइनेछ । अतिरिक्त समय एक पटक खेलाडी परिवर्तन गर्न पाइनेछ । युरो कपमा लागि एक टिममा २६ खेलाडी राख्न पाइने नयाँ नियम बनाइएको छ । यसअघि एक टिमले २३ खेलाडी मात्र राख्न पाउथे ।

समूह ए – टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी – डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी – इङ्ग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई – स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ – हङ्गेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

jackson ribon

प्रतिक्रिया दिनुहोस्: