birat ribon

भारतमा थपिए सबैभन्दा धेरै सङ्क्रमित

Neuro
भारतमा थपिए सबैभन्दा धेरै सङ्क्रमित

विराटनगर / पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशभन्दा छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमित धेरै थपिएका छन् ।

एकै दिन भारतमा ९१ हजार दुई सय ६६ जना नयाँ बिरामी थपिए । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता अरु मुलुकभन्दा भारतमा दैनिक थपिने सङ्क्रमित सङ्ख्या उच्च छ । यसअघि भारतमा एक दिनमा चार लाखभन्दा बढी सङ्क्रमित थपिन्थे ।

cura insider

तर त्यो सङ्ख्या घटेर अहिले एक लाखभन्दा तल झरेको छ । भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ९२ लाख ७३ हजार तीन सय ३८ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७७ लाख ७८ हजार आठ सय ९४ जना उपचारपछि निको भएका छन् ।

११ लाख ३१ हजार तीन सय ४७ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ । २४ घण्टाभित्र भारतमा कोरोनाका कारण तीन हजार चार सय दुई जनाको मृत्यु भयो । अघिल्लो दिन छ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको थियो ।

भारतमा दैनिक मृत्यु हुने सङ्क्रमित सङ्ख्या पनि अन्य मुलुकको भन्दा अत्याधिक धेरै हुने गरेको छ । हालसम्म तीन लाख ६३ हजार ९७ सङ्क्रमितको मृत्यु भइसकेको छ । सङ्क्रमित सङ्ख्याको हिसाबले भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

भारतपछि ब्राजिलमा नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अन्य मुलुकको भन्दा धेरै छ । २४ घण्टाभित्र ब्राजिलमा ८५ हजार छ सय १२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ७२ लाख १० हजार नौ सय ६९ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ५६ लाख ७० हजार सात सय ५४ जना उपचारपछि निको हुँदै कोरोनामुक्त बनेर सामान्य जीवनमा फर्किएका छन् । १० लाख ५८ हजार एक सय ९६ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

एकै दिन दुई हजार दुई सय २८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ८२ हजार १९ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको अमेरिकामा एकै दिन ११ हजार तीन सय ९४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख ७२ हजार तीन सय १७ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ८२ लाख ७५ हजार एक सय १६ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । ५३ लाख ८३ हजार तीन सय ४८ जनाको उपचार जारी रहेकोमा पाँच हजार ३८ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन तीन सय ६१ सङ्क्रमितको मृत्यु अमेरिकामा भएको छ । हालसम्म कोरोना कारण छ लाख १३ हजार आठ सय ५३ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

विश्वमा २४ घण्टाभित्रमा चार लाख चार हजार चार सय ५६ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड ५५ लाख ७४ हजार तीन सय ७६ पुगेको छ ।

सङ्क्रमितमध्ये १५ करोड ९४ लाख ३५ हजार २५ जना कोरोनामुक्त बनेका छन् । एक करोड २३ लाख ५२ हजार एक सय एक जनाको उपचार जारी रहेकोमा ८४ हजार नौ सय २३ जनाको स्वास्थ्य अवस्था नाजुक छ ।

एकै दिन १० हजार चार सय ३९ सङ्क्रमितको मृत्यु भयो । विश्वभर हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ लाख ८७ हजार दुई सय ५० पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: