birat ribon

विश्वकप छनोट : बलियो टिम अस्ट्रेलियाको सामना गर्दै नेपाल

Neuro
विश्वकप छनोट : बलियो टिम अस्ट्रेलियाको सामना गर्दै नेपाल

विराटनगर / विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार (आज) बलियो टिम अस्ट्रेलियाको सामना गर्दै छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

एसियाली फुटबलको पावरहाउस मानिने अस्ट्रेलियाविरुद्ध मैदान उत्रँदा नेपाललाई कठिन पर्ने देखिएको छ । अस्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको टिम हो । समूह ‘बी’ मा अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा छ । अष्ट्रेलिया अपराजित रहने समूहको एकमात्र टिम हो । नेपाल भने चौथो स्थानमा छ । नेपालसँग ६ अङ्क छ ।

cura insider

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ ।

खेलको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्ध आफ्नो ध्यान नतिजामा भन्दा राम्रो खेल्नेमा रहेको बताएका छन् ।

‘हामीले पछिल्लो समय खेल्ने शैलीमा केही परिवर्तन गरेका छौँ’, उनले भने, ‘अहिले त्यसको नतिजा आउन थालेको छ । तर छोटो समयमा केही पनि सजिलो हुँदैन । फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौँ ।’

यता, अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध खेल्न उत्साहित रहेको बताए । नेपाल कडा मेहनत गर्ने टोली रहेको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको सुनाए ।

‘नेपालसँग खेल्ने फरक शैली छ र उनीहरूले पछाडिबाट खेल्ने कोसिस गरिरहेका छन् । प्रशिक्षकले पनि राम्रो काम गरिरहेका छन् । हामी नेपाललाई सम्मान गर्छौँ, उनीहरू एउटा मेहनती टिम हो’, उनले भने ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: