birat ribon

आफ्ना नागरिकलाई भ्रमण गर्न दिन चीनसँग भारतको आग्रह

Neuro
आफ्ना नागरिकलाई भ्रमण गर्न दिन चीनसँग भारतको आग्रह

विराटनगर / भारतले आफ्ना नागरिकहरूलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरूलाई भारत भ्रमण गर्न दिन तयारसमेत रहेको बिहीबार जानकारी दिएको छ ।

दुवैतर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरूलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो ।

cura insider

भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवतजावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो ।

बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुवै पक्षका लागि बाटो खुल्ने भएको छ । रासस

jackson ribon

प्रतिक्रिया दिनुहोस्: