birat ribon

रुसले बनाएको खोप बहराइनमा प्रभावकारी भएको दावी

Neuro
रुसले बनाएको खोप बहराइनमा प्रभावकारी भएको दावी

विराटनगर / बहराइनमा कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४ दशमलव ३ प्रतिशत प्रभावकारी भएको दावी गरिएको छ । रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफूले बनाएको उक्त खोप प्रभावकारी भएको दाबी गरेको हो ।

बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को मापदण्ड र निर्देशिकाअनुसार अनुसन्धान गरिएको मन्त्रालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

cura insider

दोस्रो खोप लगाएको १४ दिनपछि मात्रै खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ । खोप लगाएको कसैको पनि अहिलेसम्म मृत्युको खबर नआएको र खोप लगाएकाहरू गम्भीर बिरामी पनि नभएको उनीहरूको दाबी छ । बहराइनको मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठूलो योगदान गरेको पनि बहराइनका अधिकारीहरूले बताउने गरेका छन् ।

स्पुतनिक–भी को कारण बहराइनको जनजीवन चाँडै नै सामान्य अवस्थामा फर्किने अपेक्षा पनि गरिएको त्यहाँको प्रशासनले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: