birat ribon

बेलबारी बाख्रा खरिद प्रकरण : उपप्रमुखले छोडिन् छानबिन समिति, सर्वदलीय बैठक आह्वान

Neuro
बेलबारी बाख्रा खरिद प्रकरण : उपप्रमुखले छोडिन् छानबिन समिति, सर्वदलीय बैठक आह्वान

विराटनगर / बाख्रा खरिद प्रकरणको छानबिनका लगि बेलबारी नगरपालिकाले गठन गरेको छानबिन समिति संयोजकले समितिमा बस्न अस्वीकार गरेकी छन् । छानबिनका लागि नगरकार्यपालिकाले उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा समिति गठन गरेको थियो । तर पराजुलीले समितिमा बस्न अस्वीकार गरेकी हुन् ।

गत जेठ १५ गते अस्ट्रेलियाको भन्दै नवरपरासीबाट ल्याइएका बाख्रा वितरण भएको थियो । जेठ २४ गते बसेको नगर कार्यपालिकाको बैठकले उपप्रमुख पराजुलीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । तर २६ गते उपप्रमुखले समितिमा बस्न नसक्ने पत्र पठाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए ।

cura insider

समिति संयोजक तथा उपप्रमुख पराजुलीले आफ्नो स्वास्थ्यमा समस्या भएको, वार्षिक कार्यक्रमको अनुगमन गर्नुपर्न, न्यायिक समितिको काम सक्नुपर्ने भएकाले समितिमा बस्न नसक्ने बताएकी हुन् । उपप्रमुखले बस्न अस्वीकार गरेपछि छलफलका लागि सर्वदलीय छलफल बोलाइएको साहले बताए । सर्बदलिय छलफल शुक्रबार बस्नेछ ।

नगरपालिकाले जेठ १५ गते अस्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर जात भन्दै नवलपरासीबाट ल्याएका ९२ वटा बोयर जातका क्रस बोकापाठी वितरण गरेको थियो । गत जेठ ३ गते नगरपालिकाले अस्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर जातका बाख्रा आयातका लागि ग्रो अर्गानिक कृषि फर्म सङ्खुवासभालाई एक करोड २४ लाखमा ठेक्का दिएको थियो ।

तर ठेकेदारले नवलपरासीबाट खरिद गरेका बाख्रा अस्ट्रेलियन भन्दै उपलब्ध गराएपछि नगरपालिकाले वितरण गरेको थियो । बाखा शुद्ध बोयर नभएको पाइएको गुनासो गरेपछि भुक्तानी दिने तयारीमा रहेको नगरपालिका ब्याक भएको थियो ।

आयातकर्ताले अस्ट्रेलियाबाट बोयर ल्याएको प्रमाणित गर्न नसकेपछि भुक्तानी रोकेर कारवाही प्रक्रिया सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । एक करोड २४ लाख बजेट पाएको ठेकेदार कम्पनीले सरदर २५ हजार रुपैयाँ दरले बाख्रा खरिद गरेको थियो । बाख्रा खरिदमा करिब एक करोड रुपैयाँको चलेखल गर्न खोजिएको नगरपालिका स्रोतले जनाएको छ ।

बाख्रा ल्याउन सप्लार्स कम्पनीका प्रतिनिधि श्याम पाण्डले पहल गरेका थिए । हर्ताकर्ता पाण्डे नै भएपनि सम्झौता पत्रमा भने गोबिन्द रायले हस्ताक्षर गरेका छन् । यो विषयमा पाण्डेले बोल्न चोहका छैनन् । सम्झौता पत्रमा हस्ताक्षर गरेका रायले भने आफूलाई बाख्रा आयात गरेको विषयमा जानकारी नभएको बताए ।

गत चैत १२ गते सूचना निकालेको नगरपालिकाले वैशाख २८ गते ठेकेदारलाई छनोट गरी जेठ ३ गते सम्झौता गरेको थियो । सम्झौताको १२ दिनपछि बाख्रा वितरण गरिएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: