birat ribon

काठमाडौँको खोप कार्यक्रम स्थगित

Neuro
काठमाडौँको खोप कार्यक्रम स्थगित

काठमाडौँ / काठमाडौँ महानगर पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित भएको छ । गत मङ्गलबारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको हो ।

काठमाडौँ महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए ।

cura insider

नेपाल सरकारलाई गत साता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोगस्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षभन्दा माथि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौँ । अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नु परेको छ’, जनस्वास्थ्य प्रमुख कुँवरले भने ।

अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको कुँवरले बताए । कार्यक्रमअनुसार काठमाडौँ महानगरले गत मङ्गलबारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: