birat ribon

उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ४१ वटा सवारीसाधन कारबाहीमा

Neuro
उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ४१ वटा सवारीसाधन कारबाहीमा

काठमाडौँ / काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ४१ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका ती सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

जसमा सात सय ८९ वटा दुई पाङग्रे, एक सय ७९ वटा चारपाङ्ग्रे, १३ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन रहेको ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

cura insider

निषेधाज्ञा जारी भएका जिल्लाहरूमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सवारी साधनमात्र सञ्चालन हुन पाउने भए पनि नियम उल्लङ्घन गर्नेको सङ्ख्या दैनिकजसो उस्तै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: