birat ribon

प्रदेश १ कोरोना अपडेट : ५७३ सङ्क्रमित थपिँदा १४४२ सङ्क्रमणमुक्त

Neuro
प्रदेश १ कोरोना अपडेट : ५७३ सङ्क्रमित थपिँदा १४४२ सङ्क्रमणमुक्त

विराटनगर/ बिहीबार प्रदेश १ बाट एक हजार चार सय ४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा ६ सय नौ महिला र आठ सय ३३ पुरुष छन् । मोरङबाट सबैभन्दा बढी चार सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् ।

cura insider

यससँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४६ हजार तीन सय ४१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश १ मा आज पाँच सय ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा एक सय ६८, मोरङमा एक सय ४४, झापामा एक सय २५, उदयपुरमा ५५, सङ्खुवासभामा ४९, धनकुटामा सात, इलाममा तीन, तेह्रथुम र भोजपुरमा दुई–दुई, पाँचथर र खोटाङमा एक–एक र प्रदेशबाहिरका १६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ५८, धरानमा ५७, बराहक्षेत्रमा ३०, दुहबीमा सात, इनरुवा र स्थानीय तह नखुलेका चार–चार, रामधुनी र गढीमा तीन–तीन, देवानगन्ज र कोसी गाउँपालिकामा एक–एक, मोरङको विराटनगरमा ८६, बुढीगङ्गामा १५, लेटाङमा १३, उर्लाबारीमा सात, सुन्दरहरैँचामा चार, पथरीशनिश्चरेमा तीन, बेलबारी, कटहरी, रङ्गेली, जहदा, सुनबर्र्सी र रतुवामाईमा दुई–दुई, धनपालथान, केराबारी, कानेपोखरी र स्थानीय तह नखुलेका एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी झापाको भद्रपुरमा ३०, दमकमा २९, बिर्तामोडमा १८, मेचीनगरमा ११, कनकाईमा १०, शिवसताक्षीमा ६, कमल गाउँपालिकामा पाँच, अर्जुनधारामा चार, बुद्धशान्ति र कचनकवलमा तीन–तीन, हल्दिबारी र गौरीगन्जमा दुई–दुई र स्थानीय तह नखुलेका एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उदयपुरको बेलकामा ३९, त्रियुगामा १५, उदयपुरगढीमा एक, सङ्खुवासभाको चैनपुरमा २३, खाँदबारीमा २०, पाँचखपनमा ६, धनकुटाको धनकुटा नगरपालिकामा तीन, पाख्रिबासमा दुई र साँघुरीगढीमा एक जना सङ्क्रमित भेटिएका छन् ।

यस्तै इलामको इलाम नगरपालिकामा दुई, चुलाचुलीमा एक, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका एक–एक, भोजपुरको भोजपुर नगरपालिकामा दुई, पाँचथरको फाल्गुनन्द र खोटाङको हलेसीतुवाचुङमा एक–एक र प्रदेशबाहिरका १६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६४ हजार तीन सय ९३ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार २५ छ ।

प्रदेश १ मा बिहीबार एक हजार सात सय ४३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये दुई सय ६५ महिला र तीन सय आठ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: