birat ribon

कर्मचारीलाई मन्त्रीमा भन्दा काममा ध्यान दिन सूचनामन्त्रीकाे निर्देशन

Neuro
कर्मचारीलाई मन्त्रीमा भन्दा काममा ध्यान दिन सूचनामन्त्रीकाे निर्देशन

काठमाडाैँ/ नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री  गयो भन्ने होइन, काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । 

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताएकी हुन् ।

cura insider

सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताइन् ।

परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफू सधैँ खुला रहेको स्पष्ट पारिन् ।

निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन् ।
 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: