birat ribon

गृह प्रशासन अब्बल देखिने गरी काम गर्न गृहमन्त्री अधिकारीकाे निर्देशन

Neuro
गृह प्रशासन अब्बल देखिने गरी काम गर्न गृहमन्त्री अधिकारीकाे निर्देशन

काठमाडाैँ/ नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा पदभार ग्रहणपछि गृहमन्त्रालयका अधिकारीहरूसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रुपमा काम गर्न आवश्यक रहेको बताए ।

cura insider

गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने उनले बताए । उनले भने, ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँ कतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्प्रमाइज हुँदैन ।’

मन्त्री अधिकारीले विकासमा तीव्रता र सुशासनको खाँचो भएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन निर्देशन दिए ।

मन्त्री अधिकारीको पदबहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र विभागीय प्रमुखहरूको उपस्थिति थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: