birat ribon

औद्योगिक क्षेत्रलाई अभिभावकत्व प्रदान गर्छाैं : उद्योगमन्त्री यादव

Neuro
औद्योगिक क्षेत्रलाई अभिभावकत्व प्रदान गर्छाैं :  उद्योगमन्त्री यादव

काठमाडाैँ/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले औद्योगिक क्षेत्रहरूलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

बिहीबार मन्त्रीमा नियुक्त भएका यादवले कार्यभार सम्हाल्दै औद्योगिक क्षेत्रहरू हाल समस्याग्रस्त र चिन्ताग्रस्त अवस्थामा रहेकाले तिनीहरूलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने कुराको अनुभूति गराउने बताए ।

cura insider

आफूले चुनौतीलाई अवसरको रुपमा परिणत गर्दै काम गर्ने उनले बताए ।

उनले भने, ‘औद्योगिक क्षेत्रहरू समस्याग्रस्त, चिन्ताजनक अवस्थामा छन् । तिनीहरूलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने अनुभूति गराउने । चुनौतीलाई अवसरको रुपमा परिणत गर्ने ।’

मन्त्री यादवले यस मन्त्रालयमा टिमवर्कले काम गरी अरु मन्त्रालयको भन्दा छुट्टै र अरुको भन्दा राम्रो थिति निर्माण गर्न पनि कर्मचारीहरूमा आग्रह गरे ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: