birat ribon

मेरो सफलतामा कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् : महेश बस्नेत

Neuro
मेरो सफलतामा कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् : महेश बस्नेत

काठमाडाैँ/ नेकपा एमाले नेता महेश बस्नेतले राजनीतिक जीवनमा पद प्राप्ति ठूलो विषय नभएको बताएका छन् ।

बस्नेतको नाम गृहमन्त्रीको रुपमा चर्चामा थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले खगराज अधिकारीलाई गृहमन्त्री बनाए । मन्त्री बन्न नपाएपछि उनले राजनीतिक जीवनमा पद प्राप्ति ठूलो विषय नबनेको बताएका हुन् ।

cura insider

‘पार्टी नीति, नेतृत्व र निर्देशन सदैव पालना गरेर अगाडि बढेको छु,’ उनले लेखेका छन्, ‘परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु। पार्टीभित्र मात्र होइन, बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको छु।’

उनले जनता र पार्टीका कार्यकर्ताको मन जितेर काम गरेको बताए । ‘पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ, मेरा सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा व्यापक लाग्नु हुन्छ,’ उनले लेखेका छन्,‘मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरा विरोधी साथीहरुलाई म झन धेरै धन्यवाद दिन चाहन्छु । जसका कारण म हरेक पलमा सचेत भएर कदम चाल्छु । त्यो नै सिकाइ हो र उपलब्धि पनि ।’

उनले कतिपय मिडियाले आफ्नो नाम जोडेर अर्को गुटमा लाग्न लागेको समाचार लेखेकोप्रति आक्रोश समेत व्यक्त गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: