birat ribon

सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्री पहाडीकाे निर्देशन

Neuro
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्री पहाडीकाे निर्देशन

काठमाडाैँ/ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

नवनियुक्त मन्त्री पहाडीले बिहीबार कार्यभार सम्हाल्दै कर्मचारीहरु स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने, कस्तो सेवा प्रवाह गर्ने र कामको गुणस्तर कस्तो निकाल्ने भन्ने कर्मचारीको हातमा हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

cura insider

सरकारले निर्वाचनको घोषणा गरेको सन्दर्भमा कर्मचारीहरुसँग बसेर काम गर्नुपर्ने र सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्नु यस मन्त्रालयको जिम्मेवारी रहेको उनले बताए ।

‘सरकारले निर्वाचन घोषणा गरेको अवस्थामा कर्मचारीसँग बसेर काम गर्ने जिम्मेवारी छ । सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने छ,’ उनले भने, ‘सँगसँगै विकास निर्माणको काम पनि जोडिन्छन् । सेवा प्रवाहमा हामीले एकदमै राम्रो ढङ्गले सेवा दिन सकूँ । हामीले गर्ने कामको गुणस्तर पनि निकाल्नुपर्ने हुन्छ ।’

मन्त्री पहाडीले यस मन्त्रालय अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरु पनि जोडिने भएकाले निर्धारित समयमा काम सम्पन्न गर्ने, लागत बढ्न नदिने र त्यसको गुणस्तर  कायम गर्ने कुरामा ध्यान दिए कामको प्रतिफल राम्रो निकाल्न सकिने पनि बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: