birat ribon

गण्डकीमा अब उपधारा ५ को सरकार, मनाङेले दायाँबायाँ गरे मध्यावधि

Neuro
गण्डकीमा अब उपधारा ५ को सरकार, मनाङेले दायाँबायाँ गरे मध्यावधि

पाेखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ पद मुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको बाटो खुलेको छ ।

गुरूङ धारा १६८(३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बिहीबार प्रदेशसभामा उनले २७ मत मात्रै प्राप्त गरे । बहुमतका लागि ३१ मत आवश्यक थियो ।

cura insider

प्रदेश सभामुखले गुरुङले विश्वासको मत गुमाएको बताएपछि १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको हो ।

उपधारा ५ मा ‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भन्ने उल्लेख गरिएको छ ।

अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका आह्वान गर्ने छिन् । विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गरेका छन् ।

प्रदेशसभामा काङ्ग्रेसका १५, माओवादी केन्द्रका १२, जनता समाजवादी पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई गरी ३० जना सांसद पोखरेललाई मुख्यमन्त्री बनाउने पक्षमा छन् ।

बहुमतका लागि ३१ मत आवश्यक पर्छ । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले साथ दिए उनी मुख्यमन्त्री बन्ने छन् । उनले साथ थदिए प्रदेशमा मध्यावधि निर्वाचन घाेषणा हुने छ ।

मुख्यमन्त्री नियुक्त हुन नसके संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भङ्ग हुने छ । त्यसपछि प्रदेशमा मध्यावधि निर्वाचनको मिति तोकिने छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: