birat ribon

दिमागको विकासका लागि गणित आवश्यक

Neuro
दिमागको विकासका लागि गणित आवश्यक

एजेन्सी/ बच्चाको दिमागको विकासका लागि गणित विषय आवश्यक रहेको अध्ययनले देखाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानका अनुसार किशोरावस्थामा गणित विषय छोड्ने वा कहिलेकाहीँ मात्र गणित अध्ययन गर्दा विद्यार्थीहरूको सोच्ने र बुझ्ने क्षमतामा प्रभाव पार्न सक्ने भास्कर डट कमले लेखेकाे छ।

cura insider

१४ देखि १८ वर्षका एक सय ३३ जना विद्यार्थीमा गरिएको अनुसन्धान अनुसार गणितले सिधै विद्यार्थीको दिमागको विकासलाई असर गर्छ ।

अध्ययनका लागि गणित विषय लिने र नलिने गरी विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । १९ महिनासम्म गरिएको अध्ययनमा गणितको विषयबाट टाढा रहेका किशोरकिशोरीको मस्तिष्कको भागमा सोच्न र बुझ्ने क्षमताका लागि जिम्मेवार हुने रसायन (गामा-एमिनोब्युट्रिक एसिड) घटेको वा कम मात्रामा पाइएको देखिएको छ ।

त्यस्तै, गणितको विषय लिएकामा सोच्न र बुझ्ने क्षमताका लागि जिम्मेवार रसायन पर्याप्त मात्रामा थियो । शोधकर्ता राउ कोहेनका अनुसार गणितले विद्यार्थीमा शारीरिक र मानसिक दुवै रुपले प्रभाव पार्छ ।

किशोरअवस्थामा मस्तिष्कको विकास हुनुका साथै सोच्ने र बुझ्ने क्षमताको पनि विकास हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: