birat ribon

पाँच हजार दुई सय ९३ जना कोरोना सङ्क्रमणमुक्त

Neuro
पाँच हजार दुई सय ९३ जना कोरोना सङ्क्रमणमुक्त

विराटनगर / पछिल्लो २४ घण्टामा देशभर पाँच हजार दुई सय ९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या पाँच लाख १५ हजार पाँच सय ९१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन हजार सात सय ४० जना सङ्क्रमित थपिएका छन् । १५ हजार दुई सय ३८ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

cura insider

मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पिसिआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ तथा पाँच हजार तीन सय ३७ एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख एक हजार ६ सय ८७ पुगेको छ । सोही समयमा कोरोना सङ्क्रमणबाट ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार दुई सय ३८ रहेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: