birat ribon

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

Neuro
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ/ बिहीबार नियुक्त भएका मन्त्री ताथ राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सात जनालाई मन्त्रीमा र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

cura insider

राष्ट्रपतिको कार्यालय शीतल निवासमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह नियुक्त भएका छन् ।

यसैगरी वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ ।

यसैगरी आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: