birat ribon

एस्ट्राजेनेकाको खोपलाई अर्को रगतसँग सम्बन्धित समस्यासँग जोडियो

Neuro
एस्ट्राजेनेकाको खोपलाई अर्को रगतसँग सम्बन्धित समस्यासँग जोडियो

विराटनगर / एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोप अर्को दुर्लभ रगतसँग सम्बन्धित समस्यासँग जोडिएको छ ।

अन्वेषकका अनुसार उक्त खोप लिएका एक लाख मानिसमध्ये एक जनामा इडिओप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा (आइटिपी) हुनेछ । आइटिपी हुँदा शरीरभरि हल्का घाउ वा रगत जमेको जस्तो हुन सक्छ र केही ठाउँमा बैजनी रङको सानोसानो थोप्लाजस्तो र्‍यास देखिन सक्छ ।

cura insider

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको एस्ट्राजेनेकाको खोप लगाएपछि करिब तीन सय ५० जना बेलायतका नागरिकमा रगत जम्ने समस्या देखिएको थियो । असामान्य रूपले रक्त जम्ने, प्लेटलेटको स्तरमा कमी आउने, रक्तसञ्चारमा अवरोध पुग्ने जस्ता जटिलताहरू देखिन सक्छ । आइटिपीको लिङ्क पत्ता लगाएका एडिनबर्ग विश्वविद्यालयका विज्ञहरू कति जना व्यक्तिमा समस्या देखिएको भनेर बताएका छैनन् ।

८ डिसेम्बरदेखि १४ अप्रिलसम्म स्कटल्यान्डका ५४ लाख मनिसबाट डाटा विश्लेषण गरेपछि अनुसन्धानकर्ताहरूले उक्त लिङ्क भेट्टाएका थिए । खोप लगाएका मानिसमा आइटिपी, रगत जम्ने वा ब्लिडिङ डिसआर्डरको इतिहास भए–नभएको स्वास्थ्य रेकर्ड जाँच गरी उनीहरूलाई खोप नलिएका व्यक्तिहरूसँग तुलना गरिएको थियो ।

फाइजर खोप लगाएकामा भने यस प्रकारको कुनै समस्या देखिएको थिएन । एस्ट्राजेनेका खोप लगाएकामा पनि आइटिपी विकास गर्ने जोखिम खोप लगाएको लगभग चार हप्तासम्म रहेको पाइएको हो । बढ्दो दावीहरू भए पनि एस्ट्राजेनेकाको खोपले रगतसँग सम्बन्धित समस्या विकास गरेको कुनै प्रमाण छैन । (डेली मेल)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: