birat ribon

खोप लगाएकामा पनि डेल्टा भेरियन्ट अत्यधिक सङ्क्रामक

Neuro
खोप लगाएकामा पनि डेल्टा भेरियन्ट अत्यधिक सङ्क्रामक

विराटनगर / डेल्टा भेरियन्ट वा बि.१.६१७.२ले कोभिसिल्ड वा कोभ्याक्सिन खोप लगाएकालाई पनि सङ्क्रमित गर्न सक्छ ।

बेलायतको अध्ययनअनुसार पनि डेल्टा भेरियन्ट अन्यको तुलनामा बढी सङ्क्रामक र चाँडै सर्नसक्ने क्षमता राख्छ । खोपहरू नयाँ भेरियन्टप्रति प्रभावकारी नभएको भन्ने कुनै ठोस प्रमाण नभए पनि दिल्लीको एम्स र नेसनल सेन्टर फर डिसिजिज कन्ट्रोल (एनसिडिसी) ले गरेको दुई छुट्टै अध्ययनले डेल्टा भेरिएन्टले कोभिसिल्ड वा कोभ्याक्सिन खोप लगाएका (एक डोज वा दुबै) मानिसलाई पनि सङ्क्रमित गर्नसक्छ ।

cura insider

भाइरसका नयाँ भेरियन्टहरूले प्रतिरक्षा प्रतिक्रियामा बाधा पुर्‍याउन सक्ने क्षमता राख्ने हुँदा खोपहरू यसविरूद्ध धेरै प्रभावकारी नहुन सक्छ । एम्स–आइजिआइबीका विज्ञको टोलीले पाँचदेखि सात दिनसम्म लगातार ज्वरो आएको लक्षण भएका ६३ बिरामीको अध्ययन गरेका थिए । ६३ जनामध्ये ३६ ले खोपको दुबै डोज लगाएका थिए भने २७ जनाले खोपको एक डोज मात्र लगाएका थिए ।

अध्ययनका अनुसार १० जनाले कोभिसिल्ड र ५३ जनाले कोभ्याक्सिन खोप लिएका थिए । खोपको एक डोज लगाएका ७६.९ प्रतिशत र दुबै डोज लगाएका ६० प्रतिशत डेल्टा भेरियन्टबाट सङ्क्रमित भएको रिपोर्ट गरिएको छ । एनसिडिसीको अध्ययनअनुसार कोभिसिल्ड खोप लिएकामा कोरोनाको डेल्टा भेरियन्टबाट सङ्क्रमण बढी देखिएको छ ।

कोभिसिल्ड खोप लिएका २७ जनामा डेल्टा भेरियन्टबाट सङ्क्रमित हुने दर ७०.३ प्रतिशत रिपोर्ट गरेका छन् । डेल्टा भेरियन्टविरुद्ध खोप धेरै प्रभावकारी नभए पनि खोप लिनु धेरै महत्त्वपूर्ण हुने बताइएको छ । सङ्क्रमण हुने र सङ्क्रमणका कारण अवस्था गम्भीर हुने जोखिमलाई कम गर्न खोप एकमात्र तरिका हो । सङ्क्रमणबाट बच्नका लागि खोप लगाउनुका साथै सबै सावधानीका उपाय अपनाउनु आवश्यक हुन्छ । (टाइम्स अफ इन्डिया)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: