birat ribon

रामदेवले कोरोना भाइरसविरुद्धको खोप लगाउने

Neuro
रामदेवले कोरोना भाइरसविरुद्धको खोप लगाउने

विराटनगर / भारतीय योगगुरु बाबा रामदेवले कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेका छन् ।

गत महिनाको अन्त्यमा रामदेवले आफू योग र आयुर्वेदबाट सुरक्षित भएको हुँदा कोभिडको खोप लगाउनु आवश्यक नरहेको बताएका थिए । तर, उक्त भनाइको विपरित रामदेवले आफू छिट्टै खोप लगाउन तयार रहेको र उनले अरुलाई पनि भाइरसविरुद्धको खोप लगाउन अनुरोध गरेका छन् ।

cura insider

केही समयअगाडि खोपको प्रभावकारितमाथि प्रश्न उठाएका उनले आफ्नो भनाइ परिवर्तन गर्दै योग र आयुर्वेदका साथै सबैलाई खोप पनि लगाउन अपिल गरेका हुन् । यतिमात्र नभई एलोपेथी चिकित्सा पद्धति र चिकित्सकमाथि आरोप लगाउँदै आएका उनले आफ्नो लडाइ डाक्टरहरूसँग नभई ड्रग माफियासँग रहेको बताएका छन् ।

उनले सबै असल डाक्टरहरू देवदूतसमान हुन् र पृथ्वीका लागि उपहार भएको बताएका छन् । एलोपेथी र आयुर्वेदबीचको आफूले गरेको तुलनाको विवादमा टिप्पणी गर्दै रामदेवले आपतकालीन अवस्था र शल्यक्रियामा एलोपेथी उत्तम रहेको कुरामा कुनै शङ्का छैन तर, आयुर्वेदले निको नहुने रोगहरूको समेत उपचार गर्ने बताए ।

रामदेवले २१ जुनदेखि सुरु हुन गएको निःशुल्क कोभिड १९ खोप अभियानको बारेमा प्रधानमन्त्री मोदीले गरेको घोषणाको समेत प्रशंसा गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: