birat ribon

‘नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक अभाव नहुने’

Neuro
‘नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक अभाव नहुने’

काठमाडौँ / शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ ।

शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाइ भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झाले बताए । झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न भइसकेको जानकारी दिए ।

cura insider

प्रादेशिक कार्यालयहरूबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक बिक्रेताहरूले देशभरका विद्यालयमा पुर्‍याउने उनले बताए । देशभर निषेधाज्ञा भएको अवस्थामा बिक्रेताहरू प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण बिक्री वितरणमा भने समस्या भएको प्रमुख झाले बताए । यद्यपि असारको पहिलो सातासम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उनले बताए ।

यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक एक करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरूमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

विराटनगरमा २३ लाख दुई हजार पाँच सय २० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार चार सय ५५ थान, बुटवलमा १२ लाख ७९ हजार चार सय छ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार नौ सय छ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार आठ सय ३९ थान, धनगढीमा २६ लाख ६५ हजार पाँच सय ७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ ।

केन्द्रले पाठ्यपुस्तकबाहेक अन्य विभिन्न निकायको पुस्तक पनि छापिरहेको बताएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: