birat ribon

प्रधानमन्त्री ओलीले बनाए जम्बो मन्त्रिमण्डल : बादलकी श्रीमती सञ्चारमन्त्री, गृहमा खगराज

Neuro
प्रधानमन्त्री ओलीले बनाए जम्बो मन्त्रिमण्डल : बादलकी श्रीमती सञ्चारमन्त्री, गृहमा खगराज

काठमाडाैँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सात जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर ओलीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । जसमा तीन उपप्रधानमन्त्री, १८ मन्त्री र तीन राज्यमन्त्री छन् ।

cura insider

प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई सञ्चार तथा प्रविधिमन्त्री बनाएका छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् ।

प्रधानमन्त्री ओलीले नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । गशेण पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनेका छन् । ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् ।

राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । आशा विक वनराज्यमन्त्री बनेकी छिन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: