birat ribon

अस्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि राम्रो खेल्ने लक्ष्य छ : अलमुताइरी

Neuro
अस्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि राम्रो खेल्ने लक्ष्य छ : अलमुताइरी

विराटनगर / नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि राम्रो खेल्ने लक्ष्य रहेको बताएका छन् । खेलको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा अलमुताइरीले अस्ट्रेलियाविरुद्ध आफ्नो ध्यान नतिजामा भन्दा राम्रो खेल्नेमा रहेको बताएका हुन् ।

विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार बलियो टिम अस्ट्रेलियाको सामना गर्दै छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

cura insider

‘हामीले पछिल्लो समय खेल्ने शैलीमा केही परिवर्तन गरेका छौँ’, उनले भने, ‘अहिले त्यसको नतिजा आउन थालेको छ । तर छोटो समयमा केही पनि सजिलो हुँदैन । फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौँ ।’

यस्तै, उनले जुलाईमा युरोप र अफ्रिकी देशसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तयारी रहेको पनि खुलाए । ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो । त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौँ र सुधार पनि देखिएको छ ।’

एसियाली फुटबलको पावरहाउस मानिने अस्ट्रेलियाविरुद्ध मैदान उत्रँदा नेपाललाई कठिन पर्ने देखिएको छ । अस्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको टिम हो ।

समूह ‘बी’ मा अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा छ । अष्ट्रेलिया अपराजित रहने समूहको एकमात्र टिम हो । नेपाल भने चौथो स्थानमा छ । नेपालसँग ६ अङ्क छ । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ ।

इराकविरुद्धको खेलपछि कुवेत पुगेको नेपाली राष्ट्रिय टिम आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: